२७ भाद्र २०८३, शनिबार

नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने

Logo
Pulse Khabar शनिबार, भाद्र २७, २०८३

काठमाडौँ:पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीचको उपाधि भिडन्त आज दिउँसो ४ः०० बजेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ । अन्नपूर्णले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । उसले लिग चरणमा पाँच खेलमध्ये चारमा जित र एकमा हार ब्यहोरेको थियो । अन्नपूर्ण तालिकाको शीर्ष स्थानमा रहँदै सोझै फाइनल खेलिरहेको हो । कर्णालीले प्लेअफमा काठमाडौँ रेड्सलाई ३-१ को सेटमा पराजित गर्दै उपाधिका लागि अन्नपूर्णसँगको भेट पक्का गरेको हो । कर्णाली लिग चरणमा तालिकाको दोस्रो स्थानमा छ । उसले पाँच खेलमध्ये चारमा खेलमा जित र एक खेलमा पराजय ब्यहोरेको थियो ।

लिग चरणमा कर्णालीले अन्नपूर्णविरुद्ध ३-१ सेटको जित निकालेको थियो । कर्णाली आज फाइनलमा पनि सोही जित दोहोर्‍याएर उपाधि जित्ने योजनामा छ । यता अन्नपूर्ण लिग चरणको हारको बदला लिएर च्याम्पियन बन्ने सोचमा छ । नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलोपटक आयोजना गरिएको हो । केडिया ग्रुप आयोजक रहेको प्रतियोगिताको विजेता टोलीले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206