२१ भाद्र २०८३, आइतबार

नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक

Logo
Pulse Khabar आइतबार, भाद्र २१, २०८३

काठमाडौँ: अष्ट्रेलियामा आज जारी अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले न्युजिल्यान्ड ‘ए’ लाई २१२ रनको लक्ष्य दिएको छ ।

डार्विनस्थित रारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २११ रन बनायो ।न्युजिल्यान्डविरुद्ध नेपालका लागि अलराउन्डर पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ९२(बयान्नब्बे) बलमा ६ चौकाको मद्दतमा ५९(उनसट्ठी)  रनको पारि खेलेका हुन् । अर्का ब्याटर लोकेश बमले ६४ बलमा ४७ रन बनाए । त्यस क्रममा उनले ४ छक्का र १ चौका प्रहार गरे । कप्तान अनिलकुमार साह २४, मयन यादव २० तथा विपिन खत्री १२ रनमा आउट भए । बाँकी नेपाली ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।

न्युजिल्यान्डका लागि बलिङतर्फ म्याथ्यू फिसरले नौ ओभरमा ३७ रन दिएर सर्वाधिक ४ विकेट लिए । नेपाली टोली आज अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई हराएर अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्ने योजनामा छ । नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा लगातार पराजय व्यहोरेको थियो । नेपालले तास्मिनियाविरुद्ध २ विकेट तथा दक्षिण अष्ट्रेलियाविरुद्ध १३८ रनको हार व्यहोरेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206