२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • विविध
    • साहित्य
    • अन्तरवार्ता

एसिसी इस्ट जोन कप क्रिकेटः मलेसियालाई हराउँदै नेपाल फाइनलमा

Logo
Pulse Khabar बिहिबार, आषाढ १९, २०८२

           काठमाडौं, १९ असारः मलेसियालाई हराउँदै नेपाल एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मलेसियाको सिलेगंर ट्रफ क्लबमा आज भएको सेमिफाइनल खेलमा नेपाल मलेसियालाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ दशमलव चार ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा परिमार्जन यादवले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ३५ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा सर्वाधिक रन बनाएको हो ।

             यसैगरी शिवान्श बजगाईं २२ बलमा पाँच चौकाको सहयोगमा २३ रन बनाउँदै अविजित रहे । मलेसियाका लागि नागिनिश्वरमले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो । मलेसियाका लागि मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए । त्यस्तै कप्तान डिज पार्तो ३२ बलमा १० रन बनाएर आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङकमा रन जोड्न सकेनन । नेपालका अभय यादवले चार विकेट लिए भने शुभम खनालले तीन विकेट लिए । त्यस्तै कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान एक–एक विकेट लिए । अब नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेता टोलीसँग खेल्नेछ ।

              दोस्रो सेमिफाइनल हङकङ र सिङ्गापुरबीच हुँदैछ । नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । त्यसअघि समूह चरणमा नेपालले खेलेका सबै चार खेल जितेको थियो । नेपालले सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो । त्यस्तै मलेसियाले समूह चरणका चार खेलमध्ये तीन खेलमा जित हासिल गरेको थियो । माल्दिभ्स, थाइल्यान्ड र म्यानमारलाई हराएको मलेसियाले हङकङसँग पराजय बेहोरेको थियो । गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

तीस जना कैदीबन्दी त्रिपालमुनि

मधेसमा नयाँ सरकार गठनका लागि सहमतिमा समस्या

पाँच वर्षमा पनि बनेन सिटीहल

आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ ?’

हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206

Developed By : Websoft IT Nepal Pvt. Ltd.

खोजी गर्नुहोस्