०७ माघ २०८२, बुधबार
०७ माघ २०८२, बुधबार
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • विविध
    • साहित्य
    • अन्तरवार्ता

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित

Logo
Pulse Khabar बुधबार, आषाढ १८, २०८२

              काठमाडौँ, १८ असार : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकमा नेपालले एएफसी महिला एसियन कप छनोटमा श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि ८–० गोलअन्तरको फराकिलो जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै नेपालले दुई खेलमा ६ अङ्क बटुलेको छ ।
              यसअघि भएको पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले हराएको थियो । नेपालको जितमा साम्बाले ह्याट्रिक पूरा गरिन् भने गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक÷एक गोल गरे । खेलको सातौँ मिनेटमा नेपालले पहिलो अग्रता लियो । अनिता बस्नेतको कर्नरमा गीताले गोल गरिन् ।
              त्यसपछि खेलको खेलको २०औँ मिनेटमा नेपालले आफ्नो अग्रता दोब्बर बनायो । नेपालका लागि साम्बाले गोल गरिन् । खेलको ३६औँ मिनेटमा कप्तान साम्बाले फ्रि–किकमा सिधै गोल गरिन् । तर रेफ्रीले गोल दिएनन् । त्यसपछि खेलको ४२औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् । खेलको पहिलो हाफको अतिरिक्त समयमा साम्बाले एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् ।
               खेलको ५३औँ मिनेटमा श्रीलङ्काकी सचिना डि सिल्भाले नेपालकी रश्मीकुमारी घिसिङलाई लडाएपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएको थियो । जसमा गीताले पेनाल्टीमा गोल गरिन् । खेलको ६२औँ मिनेटमा निशाले हेड गोल गरिन् । खेलको ७८औँ मिनेटमा सब्स्टिच्युट खेलाडी पूजा रानाको क्रसमा अर्की सब्स्टिच्युट फर्वाड रेखाले गोल गरिन् । त्यसपछि खेलको ८९औँ मिनेटमा पूजाले एक गोल थपेसँगै नेपालले श्रीलङ्कामाथि ८–० गोलको जित हासिल ग¥यो ।
               अब नेपालले शनिबार समूह चरणको अन्तिममा घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । पराजित श्रीलङ्काको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलङ्का घरेलु टोली उज्वेकिस्तानसँग १०–० गोलअन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ

चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत

सुनचाँदीको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य समायोजन

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206

Developed By : Websoft IT Nepal Pvt. Ltd.

खोजी गर्नुहोस्