१४ भाद्र २०८३, आइतबार

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

Logo
Pulse Khabar आइतबार, भाद्र १४, २०८३

काठमाडौँ:विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि एक लाख ५० हजार अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ ।

डब्लुएचओले दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमार्फत एक लाख ५० हजार अमेरिकी डलर बराबरको आपकालीन सहायता उपलब्ध गराएको हो । “डब्लुएचओ नेपालमा आपतकालीन अवस्थाको प्रतिकार्य तथा पुनःस्थापनाका प्रयासहरूमा निरन्तर सहयोग गर्न प्रतिबद्ध छ”, विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा निलेश बुद्धले भन्नुभयो । डब्लुएचओले भदौ १० गते बाढी आएको केही घण्टामै प्रभावित क्षेत्रका लागि अत्यावश्यक आपतकालीन स्वास्थ्य सामग्री पठाएको उहाँले जानकारी दिनुभयो ।

यसअन्तर्गत करिब १० हजार जनालाई तीन महिनासम्म आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने आपतकालीन स्वास्थ्य सामग्री तथा पाल उपलब्ध गराइएको विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयले जनाएको छ । यस्तै डब्लुएचओले सर्जिकल मास्क, पञ्जा, ह्यान्ड स्यानिटाइजरलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाएको छ ।डब्लुएचओले बाढीपछि विभिन्न प्रकारका चोटपटक, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, पानी तथा खाद्यजन्य रोग, र वाहकजन्य रोगको जोखिमलगायत स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै यसतर्फ समयमै सबै सचेत हुनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206