१४ भाद्र २०८३, आइतबार

पोखरा महानगरले थाल्यो राहत सङ्कलन अभियान

Logo
Pulse Khabar आइतबार, भाद्र १४, २०८३

गण्डकी:रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि पोखरा महानगरपालिकाले राहत सहयोग अभियान सञ्चालन गर्ने भएको छ ।

बाढी प्रभावितहरूका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधिलगायत सामग्री सङ्कलनका लागि राहत अभियान सञ्चालन गर्न लागिएको हो । एकद्वार प्रणालीमार्फत राहत सङ्कलन तथा वितरण गरिने महानगरले जनाएको छ ।नगरप्रमुख धनराज आचार्यका अनुसार आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा राहत सामग्री सङ्कलन कक्ष सञ्चालन गरिनेछ । इच्छुक सङ्घसंस्था र व्यक्तिलाई उक्त केन्द्रमा ल्याई राहत सामग्री सहयोग गर्न महानगरले सार्वजनिक रूपमा आह्वानसमेत गरेको छ ।

सङ्कलित राहत सामग्री सम्बन्धित निकायसँगको समन्वयमा आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रमा एकद्वार प्रणालीमार्फत पारदर्शी रूपमा वितरण गरिने बताइएको छ । महानगरले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु ४५ लाख सहयोग गरेको थियो । अत्यावश्यक राहत सामग्रीसहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढी प्रभावित क्षेत्रमा पठाएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206