विराटनगर:नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् कायम भएको छ ।
बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी बजार अघिल्लो दिनकै मूल्य कायम रहेको छ ।बजारमा आज सुनको मूल्य घटेसँगै प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अघिल्लो दिन बिहीबार बजारमा सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, चाँदीको मूल्य घटबढ भएको छैन । अघिल्लो दिन बिहीबार बजारमा रहेको चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ आज पनि त्यही मूल्य कायम भएको महासंघले जनाएको छ ।
