११ भाद्र २०८३, बिहिबार

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

Logo
Pulse Khabar बिहिबार, भाद्र ११, २०८३

चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ ।बुधबार बिहान सीमावर्ती क्षेत्रमा माटो र भग्नावशेष भवनमाथि खसेपछि एक हजारभन्दा बढी उद्धारकर्मीले खोजी तथा उद्धार कार्य जारी राखेका छन् । उद्धारमा खोजी कुकुर र ड्रोन प्रयोग गरिएको छ । निगरानी भिडियोमा धेरै मानिस ज्यान जोगाउन भागिरहेको देखिएको छ ।चीनको अर्धसैनिक पिपुल्स आर्म्ड पुलिसका सदस्य ली किपुले अस्थिर भूभाग र साँघुरा पहाडी सडकका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताउनुभयो । मुख्य प्रकोपस्थलमा ठूला सवारीसाधन र भारी उपकरण पुग्न नसके पनि आसपासका सडक खुला रहेकाले आवश्यक सामग्री पुर्‍याइएको उहाँले जानकारी दिनुभयो ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीमा क्षेत्रमा करिब ८०० उद्धारकर्मी र १५० भन्दा बढी सवारीसाधन परिचालन गरिएको छ । अग्निशमन सेवाले खोजी कुकुर, मानिसको उपस्थिति पत्ता लगाउने स्क्यानर र साना डुङ्गासहित ४३१ कर्मचारी खटाएको छ । राहत सामग्री बोकेका नागरिक तथा सैन्य विमानसमेत तिब्बत पुगेका छन् ।रातभर वर्षा भइरहेकाले थप पहिरो र चट्टान खस्ने जोखिम उच्च रहेको अधिकारीहरूले बताएका छन् । यसले उद्धार कार्य थप चुनौतीपूर्ण बन्न सक्ने जनाइएको छ ।तिब्बत स्वायत्त क्षेत्र विदेशी पत्रकारका लागि सीमित पहुँचको क्षेत्र रहँदै आएको छ । विदेशी पत्रकारलाई सामान्यतया चिनियाँ सरकारद्वारा आयोजित भ्रमणमार्फत मात्र त्यहाँ पुग्न अनुमति दिइन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206