११ भाद्र २०८३, बिहिबार

बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार

Logo
Pulse Khabar बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ:नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेकामध्ये आज बिहान १२३ जनाको हवाई उद्धार गरेको छ ।

सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५(पन्चान्नब्बे) जनाको सकुशल उद्धार गरिएको छ । तीमध्ये आठ विदेशी रहेका छन् । उनीहरूमध्ये विदेशीलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ भने बाँकीलाई धुन्चे ल्याउने तयारी भइरहेको छ ।त्यसैगरी, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको जीवितै उद्धार गरिएको छ भने अन्य तीन वटा टनेलमा उद्धार भइरहेको सेनाले जनाएको छ ।सेनाका टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि जीवितै उद्धार गरी काठमाडौँ ल्याउनेक्रम जारी भइरहेको छ ।सरकारले आज बिहानैदेखि तटीय क्षेत्र तथा प्रभावित इलाकाहरूमा खोजी, उद्धार र राहत कार्यलाई सरकारले थप तीव्रता दिएको छ । जोखिममा परेका नागरिकहरूको सहायताका लागि सेनाले हिजो राति नै आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता राहत सामग्रीहरू प्रभावित क्षेत्रमा पु¥याइसकेको छ ।

उद्दार तथा खोजी कार्यमा सुरक्षा निकायका साथै निजी क्षेत्रको पनि महत्त्वपूर्ण सहयोग र सहकार्य रहेको छ । बुधबार बाढी आउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित सेना र निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरी उद्दार कार्य सुरु गरिएको थियो । सेनाको टोलीले रातभरि जमिनी (स्थलमार्गबाट) उद्दार कार्यलाई निरन्तर जारी राखेको थियो ।आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरका साथै पैदल टोलीलाई अझ सक्रिय बनाएर फसेकाहरूको उद्दार तथा बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको छ । सरकारले नदी किनाराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सम्पूर्ण संयन्त्रलाई राहत र उद्दारमा केन्द्रित गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206