१० भाद्र २०८३, बुधबार

मलेखुस्थित त्रिशूलीमा जलसतह उच्च

Logo
Pulse Khabar बुधबार, भाद्र १०, २०८३

काठमाडौँ: रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको छ । धादिङको मलेखुस्थित त्रिशूली नदीको जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको जल विज्ञान तथा अनुसन्धान केन्द्र,जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

शाखाका प्रमुख विनोद पराजुलीका अनुसार मलेखुस्थित त्रिशूलीमा पानीको सतह अहिले १०.४८ मिटर पुगेको छ । उक्त स्थानमा आठ मिटर पानीको सतह पुगेपछि खतरा तह मानिन्छ ।

भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको फुर्के (मलेखु) जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र निरन्तर बढिरहेको शाखाले जनाएको छ ।

जलसतह बढिरहेकाले नदी आसपासका डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा त्रिशूली करिडोर हुँदै यात्रा गर्ने यात्रुलाई समेत सावधानी अपनाउन आग्रह गरिएको छ ।

नदी आसपासका बासिन्दाले नदीको बहाव बढ्दै गएको अवस्थामा सुरक्षित स्थानतर्फ जान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206