०९ भाद्र २०८३, मंगलबार

पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

Logo
Pulse Khabar मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ: मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपाललाई घरेलु टोली मलेसियाले जितको लागि २३३ रनको लक्ष्य दिएको छ ।

मलेसियामा जारी अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको छ । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए ।

त्यसैगरी सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० र विरानदीप सिंहले ३९(उनन्चालिस) रनको योगदान दिए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिदाँ ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206