०८ भाद्र २०८३, सोमबार

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

Logo
Pulse Khabar सोमबार, भाद्र ०८, २०८३

गोरखा: गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत अस्पतालको सेवा विस्तारका लागि दुवै जिल्लाका पाँच पालिकाबीच मिलेर काम गर्ने सहमति भएको छ ।

ऐतिहासिक महत्व बोकेको आरुघाट बजारमा रहेको उक्त अस्पतालको सेवा विस्तार गर्न यसअघि पनि दुई जिल्लाका प्रतिनिधिबीच छलफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रवीन थापाले जानकारी दिनुभयो ।अस्पतालको प्रभाव क्षेत्र धादिङको आरुघाट, त्रिपुरासुन्दरी र गङ्गाजमुना तथा गोरखाको भिमसेनथापा, धार्चे र चुमनुब्री गाउँपालिका पदाधिकारीबीच छलफल भएको संयोजक थापाले जानकारी दिनुभयो । छलफलमा आरुघाट अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा विस्तार, नसर्ने रोगको उपचार, स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन र हेमोडायलिसिस सेवा सञ्चालन गर्न आवश्यक पहल गर्ने निर्णयसमेत भएको छ ।आरुघाट अस्पतालमा ती सेवा विस्तार गर्न सबै गाउँपालिकाहरुले सहयोग तथा समन्वय गर्ने निर्णय भएको पालिकाको छ ।

“आरुघाट बजारबीच भागमा पर्ने हुनाले यहाँको अस्पतालमा धादिङका दुई र गोरखाका तीन गाउँपालिकाका बिरामीहरु सेवा लिन आउँछन्”, थापाले भन्नुभयो, “आरुघाट आधारभूत अस्पतालको सेवा विस्तार गर्न सबै पालिकाहरुले पहल गर्ने निर्णय भएको छ । यसले छ वटै पालिकाका नागरिकहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्छन् ।”त्यस अवसरमा अस्पतालको सामाजिक सेवा इकाइमार्फत अति विपन्न, असहाय, कारागारका बिरामीहरु, बेवारिसे बिरामी र बृद्धबृद्धा लाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । सामाजिक सेवा इकाई स्थापनाका लागि छ वटै गाउँपालिकाहरुले सहकार्य, समन्वय गर्ने निर्णय भएको उल्लेख छ । आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङको संयोजकत्वमा भएको छलफलमा ती पालिकाका प्रमुख एवं प्रतिनिधि तथा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्यका अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206