काठमाडौं: नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।
आइतबार प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ पुगेको छ।आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७६ हजार ६ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ।
यसैबीच, चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९(नौ) सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ५६ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
