काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले बढेको हो ।
असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १९(उन्नाइस) हजार ५०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९७५(नौ सय पचहत्तर)निर्धारण भएको छ ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० र त्यति नै परिमाणको असली चाँदीको मूल्य रु चार हजार ९८५(नौ सय पचासी)कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६२३ र चाँदी ६९(उनन्सत्तरी) अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
