०६ भाद्र २०८३, शनिबार

लेटाङ नगरपालिकाद्वारा सांसद न्यौपानेको अभिव्यक्तिको खण्डन: ‘फेसबुके माननीय नबन्न’ आग्रह

Logo
Pulse Khabar शनिबार, भाद्र ०६, २०८३

लेटाङ:मोरङ १ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले प्रतिनिधि सभामा लेटाङ ८ जाँतेस्थित स्वास्थ्य चौकीको सेवा बन्द गरिएको भनी अभिव्यक्ति दिएको भन्दै लेटाङ नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा आपत्ति प्रकट गरेको छ।

नगर प्रमुख भूपेन्द्रकुमार लावतीद्वारा जारी विज्ञप्तिमा मोरङ क्षेत्र नं. १ का सांसद न्यौपानेको उक्त दाबीलाई तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भन्दै पूर्ण रूपमा खण्डन गरिएको छ।नगरपालिकाका अनुसार जाँते स्वास्थ्य चौकीमा पछिल्लो समय ल्याव सेवा लिने सेवाग्राहीको सङ्ख्यामा कमी आएकाले ल्याव सेवा प्रवाहको विषयमा कार्यपालिका बैठकबाट एक अध्ययन समिति गठन गरेको विषयलाई अस्पताल नै वन्द गरेको भन्दै भ्रम फैलाउने काम भएको छ ।विज्ञप्तिमा उच्च तहमा रहेका जनप्रतिनिधिले सामाजिक सञ्जालका विषयलाई मात्र आधार बनाएर गैरजिम्मेवार अभिव्यक्ति दिनुको सट्टा सम्बन्धित निकायसँग सत्यतथ्य बुझेर मात्र धारणा सार्वजनिक गर्नुपर्ने उल्लेख छ।

देश-विदेशमा भ्रम सिर्जना नगर्न अपिल गर्दै लेटाङ नगरपालिकाले सांसद न्यौपानेलाई ‘फेसबुके माननीय नबन्न’ आग्रह गरेको छ।साथै, वडा नं. ८ का वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र स्वास्थ्य चौकी प्रमुखद्वारा ल्याब सेवा बन्दबारे प्रकाशित सूचनासमेत गैरजिम्मेवार र तथ्यहिन रहेको नगरपालिकाले जनाएको छ।नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफू सदैव प्रतिबद्ध रहेको दोहोर्‍याउँदै नगरपालिकाले सम्पूर्ण नगरवासी, सञ्चारकर्मी र सरोकारवालाहरूलाई यस्ता अनर्गल तथा भ्रामक प्रचारको पछि नलाग्न अनुरोध गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206