०६ भाद्र २०८३, शनिबार

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

Logo
Pulse Khabar शनिबार, भाद्र ०६, २०८३

बैतडी: बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् ।

“गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पु¥यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखीममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ,” मीनाले भन्नुभयो ।मीनाको जस्तै पिरले सताउने गरेको रातापानीकै भुवनलाई पनि । “शौंचालय र भान्सा घरमा क्षतिमा पु¥याएको छ । पहिरो घरमा कतिखेर पस्ने थाहा छैन,” भुवनले भन्नुभयो, “डराइ–डराइ बस्नुपरेको छ । पानी पर्न थालेपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ ।”गत साउन २६ गते गएको पहिरोका कारण रातापानी टोलका सात घर उच्च जोखीममा परेका छन् । स्थानीय रामसिंह बोहरा, धनुवा बोहरा, मिना बोहरा, गम्भिरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराको परिवार उच्च जोखिममा रहेको छ ।लगातारको पहिरोका कारण गाउँ नै त्रासमा रहेको स्थानीय लालबहादुर बोहराले बताउनुभयो । पानी परेको समयमा घर छोडेर छिमेकीको घरमा जाने गरेको उहाँले जानकारी दिनुभयो । विसं “२०७८ देखि पहिरो जान थालेको हो । त्यसपछि लगातार पहिरो खसिरहेको छ,” उहाँले भन्नुभयो, “पटकपटक पहिरोको दीर्घकालिन रोकथामका लागि सम्बन्धीत निकायसँगै माग गर्दै आएको भएपनि कुनै सुनुवाई भएन । अहिले पहिरोको जोखीम बढ्दै गएको छ ।”स्थानीयले पहिरो जोखीम कायमै रहेकाले बस्ती नै सार्नुपर्ने माग गरेका छन् । “घरमाथीको सबै जमिन चर्किएको छ । खानेपानीको पनि समस्या छ । बालबालिकालाई विद्यालय जान बाटो छैन,” पहिरोको जोखीममा रहेका कृष्ण बोहराले भन्नुभयो, “दीर्घकालीन समस्याको समाधानका लागि बस्ती नै सार्न सके राम्रो हुन्थ्यो ।

”४० रोपनी बढी खेतियोग्य जमिनमा क्षति:स्थानीय गम्भिर बोहराले लगातारको पहिरोका कारण आफ्नो मात्रै करिब १५ रोपनी बढी खेतियोग्य जमिनमा क्षति पु¥याएको बताउनुभयो । “पहिरोले मकै बाली लगाएको सबै खेतियोग्य जमिन बगायो । घर पनि जोखीममा छ । अब जाने काँ ?”, बोहराले आँखाबाट आशु झार्दै भन्नुभयो । बाँकी जमिन पनि चर्किएकाले थप क्षति हुन सक्ने स्थानीयले बताएका छन् । सुर्नया गाउँपालिका–८ वडाअध्यक्ष भानबहादुर बोहराले ४० रोपनीबढी मकैबाली लगाएको खेतियोग्य जमिनमा क्षति पुर्याएको बताउनुभयो । सो क्षेत्रमा मात्रै ४० रोपनी बढी खेतियोग्य जमिनमा पहिरोले क्षति पु¥याएको उहाँले जानकारी दिनुभयो । प्रजिअसहितको टोलिद्वारा स्थलगत निरीक्षण:शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ । सो क्षेत्रको निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले प्रभावित परिवारलाई अर्काे स्थानमा स्थानान्तरणको आवश्यकता रहेको बताउनुभयो । बस्ती स्थानान्तरणका लागि टेन्ट तथा त्रिपाल लगायतका सामग्री लगायतका जोहो गर्नुपर्ने भएकाले यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । “पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सुचारु भइसकेकाले खानेपानीको समस्या समाधानका लागि निर्देशन दिसकेका छौँ,” प्रजिअ अर्यालले भन्नुभयो । पहिरोले बाटोसमेत बगाएकाले विद्यार्थीलाई आधा घण्टाको दुरीमा रहेको विद्यालय पुग्न डेढ घण्टा लाग्ने छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206