०५ भाद्र २०८३, शुक्रबार

पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प

Logo
Pulse Khabar शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौं: दक्षिणी पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प स्थानीय समयअनुसार बिहीबार दिउँसो १ बजे गएको हो ।भूकम्पको केन्द्रबिन्दु अयाकुचो क्षेत्रको परिनाकोचास प्रान्तको उपहुआचो सहरबाट ३८ किलोमिटर उत्तर पश्चिममा थियो ।दक्षिणी पेरुका इकान र अरेकिपा लगायतका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।पेरुको नौसेनाले भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको जनाएको छ ।

पेरु प्रशान्त महासागरको रिङ अफ फायरको एक हिस्सा हो । यो क्षेत्र भूकम्पीय गतिविधिका लागि परिचित छ, त्यसैले यहाँ बारम्बार भूकम्पहरू जान्छ ।पेरुले आफ्नो इतिहासमा धेरै ठूला भूकम्पहरूको सामना गरेको छ । सन् २००७ मा इक्का क्षेत्रमा गएको ७.९ म्याग्निच्युडको भूकम्पमा परी करिब ६०० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206