०३ भाद्र २०८३, बुधबार

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

Logo
Pulse Khabar बुधबार, भाद्र ०३, २०८३

भद्रपुर (झापा): जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न स्थानमा छ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ ।

कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार निर्माण सम्पन्न भएका झोलुङ्गे पुलको कुल लम्बाइ २२८ मिटर रहेको छ ।कार्यालयका अनुसार गौरादह नगरपालिका–१ बाट कमल बासबारी जोड्ने सडकअन्तर्गत कृष्णखोलामा, गौरादह नगरपालिका–५ स्थित निरौला गाउँको चन्दु खोलामा र दमक नगरपालिका–८ र ९(नौ) स्थित जलपाथिभरा देवी जाने बाटोअन्तर्गत दिपेनी खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।त्यस्तै, कचनाकवल गाउँपालिका–७ स्थित साविक बालुवाडी–९(नौ) र वडा नं ३ जोड्ने बालुवा खोलामा, बिर्तामोड नगरपालिका–२ र कनकाई नगरपालिका–९(नौ) जोड्ने स्थानमा तथा बाह्रदशी गाउँपालिकाको कटहरडाँगी जाने बाटोअन्तर्गत अनुवा खोलामा पनि झोलुङ्गे पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।यसैगरी, गत आवमै मेचीनगर नगरपालिका–४ र भद्रपुर नगरपालिका–९(नौ) जोड्ने फुलबासा खोलामा ५० मिटर लामो मोटरेबल सडक पुल निर्माण सम्पन्न भएको कार्यालयका प्रमुख महतोले जानकारी दिनुभयो ।

पूर्वाधार निर्माणतर्फ कार्यालयले गत आवमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । यस्तै, ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२(नौ दशमलव बाउन्न) किलोमिटर सडकमा आरसिसी ढलान र ९००(नौ सय) मिटर सडक मर्मतसम्भार गरिएको कार्यालयले जनाएको छ । गत आवका लागि कार्यालयलाई रु एक अर्ब ५१ करोड १४ लाख ७८ हजार बजेट विनियोजन भएकामा रु एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको छ ।कार्यालयका अनुसार पुल तथा सडक निर्माणका यी कामले जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रलाई सडक सञ्जालसँग जोड्न तथा स्थानीय बासिन्दाको आवागमन सहज बनाउन योगदान पुर्याएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206