०२ भाद्र २०८३, मंगलबार

बङ्गलादेश र नेपालका फोटो पत्रकारद्वारा पोखरामा वृक्षरोपण

Logo
Pulse Khabar मंगलबार, भाद्र ०२, २०८३

गण्डकी: पोखरा भ्रमणमा आएका बङ्गलादेशी फोटो पत्रकार र नेपाली फोटो पत्रकारले पोखरा रङ्गशाला परिसरमा संयुक्त रुपमा वृक्षरोपण गर्नुभएको छ ।

दुई देशबीचको भाइचारा एवं मित्रताको प्रतिक स्वरुप आँपलगायत विभिन्न फलफूलका बिरुवा रोपिएको हो । वृक्षरोपणबाट फोटो पत्रकारबीच थप सम्बन्ध सुदृढ हुने विश्वास लिइएको छ ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको सहयोगमा गरिएको वृक्षरोपणमा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम. मोहसिन, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तलगायत फोटो पत्रकारको सहभागिता थियो । समूहका अध्यक्ष वन्तले नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीच २१ वर्षदेखि कायम भाइचारा र व्यावसायिक सम्बन्धलाई वृक्षरोपणजस्ता सिर्जनशील कार्यले थप प्रेरणा मिल्ने बताउनुभयो । अध्यक्ष मोहसिनको नेतृत्वमा आएको बङ्गलादेशी फोटो पत्रकारको टोलीले सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता भएको थियो । भेटमा दुईपक्ष हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदानलगायत विषयमा कुराकानी भएको थियो ।

प्रमुख आचार्यले अन्तरराष्ट्रिय बजारमा पोखराको पर्यटन प्रवद्र्धनका लागि महानगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बङ्गलादेशमा पोखराको प्राकृतिक सुन्दरता, संस्कृति, आतिथ्यता एवं साहसिक पर्यटन गतिविधिको प्रचारप्रसार गरिदिन आग्रह गर्नुभएको थियो । बङ्गलादेशी फोटो पत्रकारले पोखराको प्राकृतिक सौन्दर्य र वातावरणले आकर्षित भएको बताएका थिए । १२ सदस्यीय टोलीमा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष मोहसिन, महासचिव बाबुल तालुकदार, पूर्वअध्यक्ष ए.बी.एम. रफिकुर रहमानलगायत रहेका छन् । भेटमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष वन्त, महासचिव घनश्याम श्रेष्ठ, सदस्य अजय मानन्धर, कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्त थापा, सचिव प्रेम थापालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206