०२ भाद्र २०८३, मंगलबार

स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर

Logo
Pulse Khabar मंगलबार, भाद्र ०२, २०८३

भद्रपुर (झापा):यहाँको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा औषधिमा छुट दिने कार्यक्रम आयोजना हुने भएको छ ।

बागेडाँगी सामुदायिक विकास केन्द्रको आयोजना तथा एन्जल फाउण्डेशनको प्राविधिक सहयोगमा सोमबार अर्जुनधारा–५ स्थित केन्द्रको सभाहलमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी एकदिने स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा हृदयघात, सर्पदंश, आगलागीबाट हुने चोटपटक, करेन्ट लाग्दा अपनाउनुपर्ने प्राथमिक उपचारका उपाय तथा गुप्त रोगसम्बन्धी एक सय तीन जना सहभागीलाई सचेतना दिइएको केन्द्रका अध्यक्ष टेकनाथ अधिकारीले बताउनुभयो ।सचेतना कार्यक्रमसँगै भोलिसुगर र प्रेसर परीक्षण तथा बिहीबार पाइल्स, फिसर र फिस्टुलाको रोकथाम तथा उपचारसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।

शिविरमा स्वास्थ्य परीक्षण निःशुल्क गरिने र आवश्यक औषधिमा ५० प्रतिशत छुट उपलब्ध गराइने केन्द्रका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रकुमारी तामाङले स्वास्थ्य र उपचारसम्बन्धी जानकारीको अभाव रहेका समुदायमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले आगामी दिनमा पनि स्थानीयस्तरमा स्वास्थ्य सचेतना र परीक्षणका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206