०३ भाद्र २०८३, बुधबार

विपद्मा परेका पशुपन्छी व्यवसाय पुनःस्थापना

Logo
Pulse Khabar मंगलबार, भाद्र ०२, २०८३

बागलुङ:बागलुङमा प्राकृतिक प्रकोप तथा महामारीजन्य रोगबाट क्षति बेहोरेका १२ पशुपन्छी व्यवसाय पुनःस्थापना गरिएको छ ।

गत आर्थिक वर्षमा आएको बाढीपहिरो, पशुजन्य रोग तथा महामारीका कारण पूर्वाधार र पशुपन्छीमा भएको क्षतिको मूल्याङ्कन गरी भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले प्रभावित किसानलाई राहत उपलब्ध गराएको हो ।कार्यालयले बाढीपहिरोबाट क्षति पुगेका आठ वटा पशु गोठ पुनःनिर्माण, दुई वटा गाई र एउटा गोरु खरिद, १० वटा बाख्रा, पाँचवटा बङ्गुर तथा १२० वटा कुखुराका चल्ला खरिदका लागि सहयोग गरेको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।प्राकृतिक प्रकोपका कारण गोठ तथा पशुमा क्षति पुगेपछि निराश भएका किसानलाई पुनःव्यवसायमा फर्काउने उद्देश्यले राहत उपलब्ध गराइएकोे उहाँले बताउनुभयो ।प्राकृतिक प्रकोप, महामारी तथा अन्य विपद्बाट पशुपन्छी व्यवसायमा भएको क्षतिको राहत तथा पुनःस्थापनाका लागि रु चार लाख ७४ हजार खर्च गरिएको केन्द्रले जनाएको छ ।

गत आवमा राहत वितरणका लागि रु १० लाख विनियोजन गरिए पनि क्षतिको विवरण तथा मूल्याङ्कनका आधारमा १२ व्यवसायीलाई राहत उपलब्ध गराइएको डा सापकोटाले बताउनुभयो ।जिल्लाका विभिन्न स्थानमा पहिरोमा परी तीन वटा गाई र दुई वटा गोरु मरेको अवस्थामा पशुको मूल्याङ्कनका आधारमा नयाँ पशु खरिदका लागि राहत उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।विपद्का कारण पशुपन्छी व्यवसायमा भएको क्षति न्यूनीकरणसँगै प्रभावित व्यवसायीलाई पुनःव्यवसायमा फर्काउन राहत तथा पुनःस्थापनाका कार्यक्रमले किसानको मनोबल बढाउन सहयोग पुगेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206