०१ भाद्र २०८३, सोमबार

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

Logo
Pulse Khabar सोमबार, भाद्र ०१, २०८३

दाङ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । मुख्यमन्त्री आचार्यलाई नेपाल कम्युनिष्ट पाटी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा पार्टी र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेशसभामा कायम ८३ मध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी हुनुभयो । विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख तुलाराम घर्तीमगरले घोषणा गर्नुभयो । प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहनुभएको थियो ।

बैठकको हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित रहनुभएको हो । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भने तटस्थ रहनुभएको थियो ।नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुभएको हो । कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाउनुभएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206