०१ भाद्र २०८३, सोमबार

आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण

Logo
Pulse Khabar सोमबार, भाद्र ०१, २०८३

म्याग्दी: म्याग्दीको सदरमुकाम बेनीमा दाताको सहयोग जुटाएर आँखा उपचार केन्द्रको भवन निर्माण थालिएको छ ।

नेपाल नेत्रज्योति संघ म्याग्दीले बेनी नगरपालिका–८ कालीपुलमा आँखा उपचार केन्द्रको भवन निर्माण सुरुआत गरेको हो । एक करोड तीन लाखको लागतमा तीन तले भवन निर्माण गर्न लागिएको संघका अध्यक्ष अमर बानियाँले जानकारी दिनुभयो । “संस्थाका पदाधिकारी र सदस्यहरुबाट जुटाएको १० लाख बजेटबाट जग खन्ने र कुनातर्फ पर्खाल बनाउन थालेका छौ,” उहाँले भन्नुभयो “थप पूर्वाधार बनाउन दाताहरुलाई सहयोगको अपिल गरेका छौ ।” मालिका–६ दिच्यामका मुक्ति रोका र उहाँकी पत्नी याममायाले दुई करोड ५० लाख मूल्य बराबरको सात आना, एक पैसा, तीन दाम क्षेत्रफल भएको जग्गा उपलब्ध गराउनुभएको छ । रोका सामाजिक व्यक्तित्व हुनुहुन्छ ।

दुई तलामा कार्यालय र सहयोगी कक्ष रहने भवनको पहिलो तलामा उपचार तथा औषधि भण्डारण र दोस्रोमा शल्यक्रिया कक्षा बनाइने सभापति बानियाँले जानकारी दिनुभयो । संघले हाल बेनीमा भाडाको घरमा सञ्चालन गरेको आँखा उपचार कक्षको भवनबाट म्याग्दीका साथै पर्वत, मुस्ताङ र बागलुङका बासिन्दाले सेवा लिने गरेका छन् । भवन सम्पन्न भएपछि आँखाको शल्यक्रिया सम्बन्धी सेवा बेनीमै उपलब्ध गराउने र पोखरा जानुपर्ने समस्या हटाउने उद्देश्य राखिएको सभापति बानियाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206