०१ भाद्र २०८३, सोमबार

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

Logo
Pulse Khabar सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न क्षेत्रका श्रम गरेर फर्किएका ठूलो सङ्ख्याका रिटर्नी उद्यमी नेपालीहरूको सीप र पुँजीलाई नेपालले अधिकतम रुपमा प्रयोगमा ल्याउनुपर्ने बताउनुभएको छ ।

नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घले आयोजना गरेको अन्तरक्रियामा उहाँले कोरियामा रहँदा विभिन्न क्षेत्रमा श्रम गरी ज्ञान र सीप हासिल गरेका उनीहरुको क्षमताको सदुपयोग गर्न सकिएमा नेपालको आर्थिक रूपान्तरणको मुख्य आधार निर्माण हुनसक्ने धारणा राख्नुभयो ।नेपाल कोरिया श्रम सम्बन्ध दुई देशबीचको कूटनीतिक र सांस्कृतिकसँगै आर्थिक र व्यावसायिक साझेदारीको जीवन्त उदाहरण भएको पनि आइएमई ग्रुपका अध्यक्ष ढकालले बताउनुभयो । हजारौँ नेपाली युवाले कोरियामा काम गरी हासिल गरेको सीप, अनुभव र पुँजी नेपालको उद्यमशीलता विकासका लागि बहुमूल्य सम्पत्ति रहेकाले यसलाई संस्थागत गरी नेपालको विकासमा लगाउन राज्य र निजी क्षेत्र संयुक्त रुपमा लाग्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।कोरियाले साठी वर्षअघि गरिबीबाट औद्योगिक शक्तिमा फड्को मार्दा अपनाएको अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको विकास, निर्यातमुखी उत्पादन र सरकार–निजी क्षेत्रबीचको समन्वयजस्ता पाठ नेपालमा पनि लागू हुन सक्ने उहाँले बताउनुभयो ।

रिटर्नी उद्यमीहरूले सिकेको अनुशासन र उत्पादकत्वमा आधारित कार्यसंस्कृति स्वदेशी उद्योगमा लागू गर्न सकेमा नेपालको औद्योगिक चरित्र नै परिवर्तन हुन सक्ने उहाँको भनाइ थियो ।जलविद्युत, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधिलगायत साना–मझौला उत्पादनमूलक क्षेत्रमा नेपालमा प्रशस्त लगानी सम्भावना रहेको बताउँदै निवर्तमान अध्यक्ष ढकालले भारत–चीनसँगको भौगोलिक निकटता र सुध्रिँदै गएको लगानी वातावरणले नेपाललाई क्षेत्रीय उत्पादन आधारका रूपमा स्थापित हुने अवसर दिएको बताउनुभयो ।उहाँले लगानीमैत्री नीति र एकद्वार सेवाका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको र यो अभियान थप तीव्र पारिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।देशभर छरिएर रहेको साना पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्न १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी दिँदै उहाँले नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नीहरूका लागि उक्त कम्पनीले लगानी साझेदार बन्ने र सानो पुँजी भएकाहरूका लागि नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत पनि लगानी गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206