३१ साउन २०८३, आइतबार

वर्षायाममा सहज बन्न सकेन बेँसीसहर–चामे सडक

Logo
Pulse Khabar आइतबार, साउन ३१, २०८३

मनाङ: डुम्रे–बेँसीसहर–चामे सडकको ट्रयाक खोलिएको करिब तीन दशक बढी भयो ।

यस सडकको लमजुङतर्फको सडक अझैसम्म पनि सहज बनाउन सकिएको छैन । डुम्रे–बेँसीसहर चामे सडक आयोजनाले निर्माण तथा मर्मतको काम गर्दै आएको भए पनि अपेक्षाकृत काम भने हुन सकेको छैन । सडक आयोजनाले मात्रै काम गर्दा पुरा नहुँदा स्थानीयवासीका साथै पर्यटकीय क्षेत्र मनाङ पुग्न सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ । हिउँदयाममा कच्ची सडकमा सहज यात्रा गर्न सकिन्छ भने वर्षायाममा सकस हुने गरेको छ । वर्षायाममा मनाङको मेरुदण्ड (लाइफलाइन) तथा एक मात्र स्थलमार्गको रुपमा रहेको सडक जोखिम भए पनि सहज यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीय फुर्पा लामाले बताउनुभयो । “सधैँ ठाडो खोला तथा खहरे खोला बढेर आउँदा मनाङ आवतजावत गर्न मुस्किल हुन्छ”, लामाले भन्नुभयो, “मनाङतर्फ भन्दा पनि लमजुङतर्फको सडक बढी अवरुद्ध हुने समस्या छ । लमजुङका खहरे खोलाले यात्रालाई सकस बनाउने गरेको छ ।”रैदु खोला, श्रीचौरमा खहरे खोला बढेर आउँदा वारपार गर्न सक्ने अवस्था नै नभएको उहाँले बताउनुभयो । “बिरामी भए अस्पताल पुग्न समस्या हुन्छ । यस्तो कहिलेसम्म सास्ती भोग्नुपर्ने खै ?” लामाले भन्नुभयो, “केही ठाउँमा अपर मस्र्याङ्दी जलविद्युत् आयोजनाले खोलामा ह्युमपाइप राखेर सजिलो बनाएको छ ।” बाढी, पहिराले मनाङ यात्रालाई सकस बनाउँदै आएको छ ।

बेँसिसहर–चामे सडक खण्डअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ रैदु खोलामा बाढी आउँदा शनिबार करिब आठ घण्टा यातायात अवरुद्ध भएको थियो । आवतजावत अवरुद्ध भएपछि आयोजनाले ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । “वर्षा निरन्तर भइरहेको अवस्था छ । अझै पनि ती क्षेत्रमा जोखिम छ”, सूचना अधिकारी समेत रहुनभएका पौडेलले भन्नुभयो, “दीर्घकालका लागि नभए पनि केही समय आवतजावतमा सहज भएको जानकारी पाएका छौँ । यात्रा गर्दा भने सडकका बारेमा जानकारी लिएर मात्र गर्न सम्पूर्णमा अनुरोध गर्दछौँ ।” शुक्रबार राति परेको वर्षाका कारण बाटो अवरुद्घ भएको थियो । श्रीचौरमा ठूलो पहिरोले बाटो अवरुद्घ हुँदा मनाङ आउने र बेँसीसहर जाने यात्रुले सास्ती भोग्नुपरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206