३० साउन २०८३, शनिबार

देशव्यापी प्रदर्शन कार्यक्रमहरूको आयोजना गरी भारतीय ८०औँ स्वतन्त्रता दिवस मनाइयो

Logo
Pulse Khabar शनिबार, साउन ३०, २०८३

भारतमा देशव्यापी प्रदर्शन कार्यक्रमहरूको आयोजना गरी भारतीय ८०औँ स्वतन्त्रता दिवस मनाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार ८०औं स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै भारतले पाँचदेखि १५ वर्ष उमेरका बालबालिकाहरूमा खेल प्रतिभा पहिचान गर्न देशव्यापी प्रतिभा खोज अभियानको घोषणा गर्नुभएको छ। उहाँले सन् २०३६ ओलम्पिक आयोजना गर्ने महत्वाकाङ्क्षा दोहो¥याउनुभएको छ । उहाँले उक्त सम्बोधनमा पाँचदेखि १५ वर्ष उमेरका बालबालिकाहरूमा खेल प्रतिभा पहिचान गर्न देशव्यापी प्रतिभा खोज अभियानको घोषणा गर्नुभएको छ । शनिबार ऐतिहासिक लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, खेलकुदमा भारतको प्रदर्शन सुधार हुँदै गएको छ र देश सन् २०३६ ओलम्पिकको लागि बलियो दावेदारका रूपमा अगाडि बढिरहेको छ ।प्रधानमन्त्री मोदीले भन्नुभयो, “ओलम्पिक खेलहरूको दायरा उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “करिब ४० खेल र लगभग ३२५–३५० प्रतियोगिताहरू छन्, तर भारत लगभग दुई–तिहाइमा सहभागी हुँदैन वा योग्यता हासिल गर्दैन। सन् २०३० मा भारतले कमनवेल्थ गेम्स पनि आयोजना गर्न गइरहेको छ।” उहाँले भन्नुभयो, “हामीले निर्णय गरेका छौँ, सन् २०३६ को ओलम्पिक भारतमा आयोजना हुनुपर्छ। जुन विषयहरूमा भारतले खेल्दैन वा योग्यता हासिल गर्दैन, ती विषयहरूमा भारतले ध्यान केन्द्रित गर्नेछ र हामी प्रतिभा खोज अभियान सुरु गर्नेछौँ ।”प्रधानमन्त्री मोदीले भन्नुभयो, “सन् २०३६ ओलम्पिकको तयारीका लागि भारतले विशेष गरी अहिले ५, १० वा १५ वर्षका बालबालिकाहरूमा युवा प्रतिभा पहिचान र तालिम दिन आवश्यक छ । उहाँले भन्नुभयो, “हामीले हाम्रा छोराछोरीहरूमा ध्यान दिनुपर्छ। त्यसैले पाँचदेखि १५ वर्ष उमेरका बालबालिकाहरूमा खेल प्रतिभा पहिचान गर्न हरेक गाउँ, हरेक शहर र हरेक विद्यालयमा प्रतिभा खोज अभियान सञ्चालन गरिनेछ।

” प्रधानमन्त्री मोदीले भन्नुभयो, पहिचान गरिएका प्रतिभाहरूलाई विशेष प्रशिक्षण दिइनेछ र उनीहरूलाई उच्चतम स्तरमा देशको प्रतिनिधित्व गर्न तयार पारिनेछ।“उनीहरूको प्रतिभा पहिचान गरिनेछ र विशेष प्रशिक्षण दिएपछि उनीहरूलाई देशको प्रतिनिधित्व गर्ने राम्रा खेलाडी बन्न तयार पारिनेछ,” प्रधानमन्त्री मोदीले भन्नुभयो । यसैबीच, युवा भारतीय ब्याटिङका लागि प्रसिद्ध वैभव सूर्यवंशी, पूर्व ओलम्पिक पदक विजेता हकी दिग्गज पीआर श्रीजेश र दोहोरो ओलम्पिक पदक विजेता शूटर मनु भाकरले ८०औँ स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रलाई शुभकामना दिनुभएको छ। आफ्नो एक्समा पोस्ट गर्दै सूर्यवंशीले भारतका क्रिकेटका केही प्रतिष्ठित क्षणहरूको तस्वीर राख्नुभएको छ । तस्वीरमा सन् १९८३ र सन् २०११ मा आईसीसी क्रिकेट विश्वकप जित, सन् २०२५ आईसीसी च्याम्पियन्स ट्रफी जित र सन् २०२४ टी–२० विश्वकप जितका प्रमुख दृष्यहरू रहेका छन् । यसमा सचिन तेन्डुलकर, रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह लगायतका खेलाडीहरू देखिन्छन्।भाकरले पनि भारतीय झण्डासँगै आफ्नो तस्बिर पोस्ट गर्दै सबैलाई स्वतन्त्रता दिवसको शुभकामना दिनुभएको छ । भारतका सबैभन्दा प्रतिष्ठित हकी खेलाडी र गोलरक्षकहरूमध्ये एक पीआर श्रीजेशले पनि आफ्नो एक्समा पोस्ट गर्दै भन्नुभएको छ, “हाम्रो विगतमा गर्व, हाम्रो भविष्यप्रति प्रतिबद्ध! जय हिन्द! स्वतन्त्रता दिवसको शुभकामना!”

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206