१९ साउन २०८३, मंगलबार

मुलुकका पाँच सडकखण्ड अवरुद्ध

Logo
Pulse Khabar मंगलबार, साउन १९, २०८३

काठमाडौँ: मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

बाढी, पहिरोलगायत मनसुनी विपद्का कारण सडक आवतजावतमा विराम लागेको हो ।सडक विभागका प्रवक्ता शुभराज न्यौपानेल ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ र काठमाडौँको नागार्जुन नगरपालिका–८ ठूलो खोलास्थित सितापाइला–धार्के सडकखण्ड, कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग, इलाम नगरपालिका–९(नौ) राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण बन्द भएका हुन् । बन्द सडक सञ्चालन गर्न विभागले डोजर, स्काभेटर, लोडरलगायत उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको छ । प्रहरीले अवरुद्ध सडकको विकल्पमा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा छ ।

यसैगरी, बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालन गरिने व्यवस्था गरिएको छ ।कान्तिलोकपथअन्तर्गत हेटौँडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो (तातोपानी जाने बाटो) तथा कोदारी क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206