१९ साउन २०८३, मंगलबार

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

Logo
Pulse Khabar मंगलबार, साउन १९, २०८३

चितवन: जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् ।

ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत रु १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये रु दुई करोड २९(उनन्तिस) लाख ९८(अन्ठान्नब्बे) हजार ६४३ फिर्ता समेत गरिएको छ । पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिङ्क पठाएर ठगी गर्ने गरिएको उहाँले बताउनुभयो । यस्तै उपहार लिनका लागि जनाउँदै ठगी गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेको छ । सामान्य रुपमा रु २०० देखि लाखौँसम्मको ठगीको उजुरी आएको उहाँले जानकारी दिनुभयो । अनलाइन ठगीका निवेदन आउने क्रम दैनिकजसो भएकाले यसबाट सजग रहन उहाँले आग्रह गर्नुभयो ।

अपरिचित व्यक्तिले पठाएको रिक्वयष्ट एसेप्ट गर्ने, अनावश्यक लिङ्क नखोल्नेजस्ता कार्यहरु गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अनलाइनको माध्यमबाट ठगीएको महसुस भए नजिकको प्रहरीकोमा सम्पर्क गर्नुहुन अनुरोध छ ।”यस्तै गत आवमा साइबर क्राइमसम्बन्धी ३९०((तीन सय नब्बे) निवेदन दर्ता भएका छन् । यसमध्ये ३७५ निवेदनको फछ्र्योट भएका छन् । पन्ध्र निवेदन बाँकी छन् । यहाँ परेका निवेदनलाई नेपाल प्रहरी प्रदेश कार्यालयसँगको समन्वय गरेर काम गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आव २०८१÷०८२ मा यो सङ्ख्या ४११ थियो । तीमध्ये ३९८(तीन सय सन्तान्नब्बे)निवेदन फछ्र्योट गरिएको छ । यसमध्ये १३ बाँकीे थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206