१९ साउन २०८३, मंगलबार

अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण

Logo
Pulse Khabar मंगलबार, साउन १९, २०८३

भद्रपुर (झापा): साउन महिनाको तेस्रो सोमबार पूर्वकै प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा नगरपालिका–७ स्थित श्री अर्जुनधारा जलेश्वरधाममा भक्तजनको उल्लेख्य भीड लागेको छ ।

धाममा नेपालका विभिन्न जिल्लासँगै भारत र भुटानबाट आएका श्रद्धालुले भगवान शिवको पूजा आराधना तथा जलार्पण गरेका छन् । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार सोमबार बेलुकीसम्म झण्डै ४० हजार भक्तजनले जलार्पण, पूजा तथा दर्शन गरेका छन् । बिहानैदेखि भक्तजनको लाम लागेकाले दिनभरि धाम परिसर भक्तिमय बनेको थियो ।जोशीका अनुसार यस वर्ष साउनको तेस्रो सोमबार भक्तजनको उपस्थिति अघिल्लो दुई सोमबारको तुलनामा उल्लेख्य रूपमा बढेको छ । धाममा आउने श्रद्धालुको सुविधाका लागि स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था, खानेपानी, सरसफाइ तथा स्वास्थ्य सहायता व्यवस्थासमेत गरिएको थियो ।

पूर्वको पशुपतिनाथका रूपमा परिचित अर्जुनधारा जलेश्वरधाममा साउन महिनाभर विशेष धार्मिक गतिविधि सञ्चालन हुँदै आएका छन् । धामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार साउनबाहेकका सामान्य दिनमा पनि दैनिक करिब पाँच हजार श्रद्धालु दर्शनका लागि आउने गरेका छन् । साउने सोमबार, महाशिवरात्रि र तीजजस्ता पर्वमा भने भक्तजनको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने गरेको स्थानीयले जानकारी दिएका छन् । यस क्षेत्रभित्र १०८ शिवलिङ्ग तथा पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिवलिङ्ग, अर्जुनवाण मूल पोखरी, पाँचधारा, धान्ञ्यचल, कालीनाग मन्दिर, हनुमान स्तम्भ, शन्तनिवास भवन, श्री हनुमान लक्ष्मीनारायण तथा नटराज गणपति मन्दिर र गौशाला रहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206