१८ साउन २०८३, सोमबार

लागूऔषधविरुद्ध ठूलो सफलता: तीन हजार तीन सयभन्दा बढी कारोबारी पक्राउ

Logo
Pulse Khabar सोमबार, साउन १८, २०८३

काठमाडौं: नेपाल प्रहरीले तीन महिनाको अवधिमा देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत वैशाख १ देखि असार मसान्तसम्मको अवधिमा उनीहरू पक्राउ परेका हुन्।पक्राउ पर्नेमा कोशी प्रदेशबाट ७ सय १३, लुम्बिनी प्रदेशबाट ५ सय ११, काठमाडौँ उपत्यकाबाट ५ सय ११, सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७, बागमती प्रदेशबाट ४ सय २८, मधेश प्रदेशबाट २ सय ५५, गण्डकी प्रदेशबाट १ सय ८९(उनान्नब्बे) र कर्णाली प्रदेशबाट १ सय २१ जना रहेका छन्। त्यस्तै लागूऔषध नियन्त्रण ब्युरोको टोलीले १ सय ३१ जनालाई पक्राउ गरेको छ।सोही अवधिमा प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषधसमेत बरामद गरेको छ। प्रहरीले ८ हजार ६ सय ३२ किलो ६ सय ८३ ग्राम गाँजा, ३१ किलो १ सय ६८ ग्राम चरेस, ५ किलो ७ सय ९२(बयान्नब्बे) ग्राम कोकिन, ११ किलो ८ सय ९४ ग्राम हेरोइन, १ सय २७ किलो १ सय ६० ग्राम अफिम र २१ किलो ६ सय ४६ ग्राम पोलेन बरामद गरेको छ।

यसैगरी ९(नौ) लाख ७६ हजार ६ सय २६ ट्याब्लेट ट्रामाडोल, १९(उन्नाइस) हजार १ सय १० ट्याब्लेट नाइट्राभेट, ३३ हजार ३ सय ९(नौ) ट्याब्लेट स्पास्मो, ९(नौ) हजार ५ सय ५३ एम्पुल डाइजेपाम, १६ हजार ६ सय ५४ एम्पुल फेनारगन र ८ हजार १ सय ३० एम्पुल बुप्रेनोर्फिन बरामद गरिएको प्रहरीले जनाएको छ।लागूऔषध कारोबारलगायत आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको प्रहरीले जनाएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत लागूऔषधको उत्पादन, ओसारपसार र प्रयोगबाट पर्ने असरबारे जनचेतनामूलक कार्यक्रमहरूसमेत सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206