१८ साउन २०८३, सोमबार

सुनचाँदीको मूल्यमा वृद्धि:कतिमा हुँदैछ कारोबार?

Logo
Pulse Khabar सोमबार, साउन १८, २०८३

काठमाडौं: नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै प्रति १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ तोकिएको छ।यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ७३० रुपैयाँ निर्धारण गरिएको छ।महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुनचाँदीको मूल्य तोक्दै आएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206