१८ साउन २०८३, सोमबार

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, खाना पकाउने ग्यासको मूल्य यथावत्

Logo
Pulse Khabar सोमबार, साउन १८, २०८३

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

निगमको पछिल्लो निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेको हो ।बढेको मूल्य साउन १८ गते बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले वृद्धि गरिएको छ ।मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य तेस्रो वर्गका लागि प्रतिलिटर २०० रुपैयाँ पुगेको छ । यसअघि यहाँ प्रतिलिटर १९७(एक सय सत्तानब्बे) रुपैयाँ कायम थियो । त्यस्तै, पहिलो वर्गका लागि प्रतिलिटर १९७(एक सय सत्तानब्बे) र दोस्रो वर्गका लागि १९९(एक सय उनान्सय) रुपैयाँ कायम गरिएको छ । यसअघि यी क्षेत्रमा क्रमशः १९४(एक सय चौरान्नब्बे) र १९६(एक सय छयान्नब्बे) रुपैयाँ रहेको थियो ।डिजेल र मट्टितेलको मूल्य पनि बढेर पहिलो वर्गका लागि प्रतिलिटर १९७(एक सय सत्तानब्बे) दोस्रो वर्गका लागि १९९(एक सय उनान्सय) र तेस्रो वर्गका लागि २०० रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य क्रमशः १९२(एक सय बयान्नब्बे),१९४(एक सय चौरान्नब्बे) र १९५(एक सय पन्चान्नब्बे) रुपैयाँ कायम थियो ।

हवाई इन्धनमा एकै पटक प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको छ । अब हवाई इन्धनको मूल्य प्रतिलिटर २४९(दुई सय उनन्चास) रुपैयाँ पुगेको छ, जुन यसअघि २२९(दुई सय उनन्तिस) रुपैयाँ थियो । सर्वसाधारणको भान्सासँग जोडिएको एलपी ग्यास (खाना पकाउने ग्यास) को मूल्य भने हाललाई यथावत् राखिएको निगमले स्पष्ट पारेको छ ।भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206