१८ साउन २०८३, सोमबार

रोल्पाको इरीवाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प, आसपासका क्षेत्रमा धक्का महसुस

Logo
Pulse Khabar सोमबार, साउन १८, २०८३

काठमाडौं: रोल्पा जिल्लालाई केन्द्रबिन्दु बनाएर सोमबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको केन्द्रबिन्दु रोल्पाको इरीवाङ आसपास रहेको केन्द्रले जनाएको छ । बिहानको समयमा एक्कासि जमिन हल्लिएपछि रोल्पाका साथै आसपासका छिमेकी जिल्लाहरूमा समेत सर्वसाधारणले धक्का महसुस गरेका थिए । गहिरो निद्रामा रहेका कतिपय स्थानीय बासिन्दा भूकम्पको झट्कासँगै आत्तिएर घरबाहिर निस्किएका थिए ।

भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षति भएको जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानबाट क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ, तर अहिलेसम्म कतैबाट अप्रिय खबर आएको छैन ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206