काठमाडौं:आइतबार इन्डोनेसियाली समुद्रमा डुङ्गामा आगो लाग्दा दर्जनौँ व्यक्तिको हताहत भएकाे छ ।
जसमा ५जनाको मृत्यु भएको छ।डुङ्गामा आगलागीपछि आत्तिएर यात्रुहरू समुद्रमा हाम फालेपछि पाँच जनाको मृत्यु भएको र अन्य ४१ जना बेपत्ता भएका खोज तथा उद्धार अधिकारीहरूले बताएका छन्। क्षेत्रीय सुराबाया खोज तथा उद्धार निकायले दिउँसोको अपडेटमा पछिल्लो तथ्याङ्क दिँदै भनेको छ, ‘जहाजमा सवार ५ जनाको मृत्यु भएको, ४१ जना वेपत्ता भएका र २२५ जनालाई उद्धार गरिएको छ।’
इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बासारनास) का अनुसार डुङ्गामा आगलागीपछि केही यात्रु आत्तिएर समुद्रमा हाम फालेका थिए र नजिकैको जहाजले उनीहरूलाई समुद्रबाट उद्धार गरेको थियो।चार अन्य जहाज डुङ्गा नजिकै तयारी अवस्थामा थिए तर डुङ्गामा रहेको ज्वलनशील सामग्रीको जोखिमका कारण नजिक जान असम्भव भएको बासारनासले जानकारी गराएको छ।
