१७ साउन २०८३, आइतबार

मिस नेपाल २०२६ को ताज दीपमाला ढकालको शिरमा

Logo
Pulse Khabar शनिबार, साउन १६, २०८३

काठमाडौं: ‘मिस नेपाल २०२६’ को उपाधि दीपमाला ढकालले जितेकी छन्।

ललितपुरको द प्लाजा पुल्चोकमा आयोजित ग्रान्ड फिनालेमा उनले शीर्ष उपाधि चुम्दै ‘मिस नेपाल वर्ल्ड’ घोषित भएकी हुन्।प्रतियोगितामा आर्या निशांत ‘मिस नेपाल इन्टरनेसनल’ र कशिश सुब्बा ‘मिस नेपाल कस्मो’ घोषित भए। द हिडन ट्रेजरले आयोजना गरेको उक्त प्रतियोगितामा मिस कस्मो योलिंडा लिंडक्विस्टसहितका व्यक्तित्वहरू निर्णायकका रूपमा सहभागी थिए।शीर्ष उपाधि विजेता ढकाल मिस नेपाल हङकङ इन्टरनेसनल–२०२६ समेत हुन्। उनी विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ‘ब्ल्याकरक’ मा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन्। बहुप्रतिभाशाली ढकाल तेक्वान्दोकी ब्ल्याक बेल्ट खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक तथा म्याराथन धाविका पनि हुन्।

उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बनेकी थिइन्।हाल नेपाल क्यान्सर अस्पतालकी ‘गुडविल एम्बास्डर’ समेत रहेकी ढकालले मिस वर्ल्डको मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना फैलाउने अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य राखेको बताएकी छन्। उनकी आमाले पनि सन् १९९४(उन्नाइस सय चौरान्नबे)मा आयोजना भएको पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206