१७ साउन २०८३, आइतबार

जेसिज सम्मेलनले झापाको पर्यटन र स्थानीय व्यापारमा टेवा पुग्ने विश्वास

Logo
Pulse Khabar शनिबार, साउन १६, २०८३

भद्रपुर : झापाको चारआलीमा आगामी असोज ९(नौ) र १० गते हुने नेपाल जेसिज क्षेत्र ‘क’ सम्मेलनले स्थानीय व्यापार, पर्यटन तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

सम्मेलनमा पूर्वी नेपालका ४६ शाखाबाट करिब ५०० प्रतिनिधिको सहभागिता रहने भएकाले होटल, रेस्टुरेन्ट, यातायात तथा सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक प्रभाव पर्ने विश्वास गरिएकोे आयोजकले आज पत्रकार सम्मेलन गरी जनाएको छ । चारआली जेसिजका अध्यक्ष सञ्जय निरौलाले सम्मेलनमार्फत कोशी प्रदेशको मौलिक संस्कृति, कला, स्थानीय उत्पादन र पर्यटनलाई सहभागीमाझ प्रवद्र्धन गर्ने उद्देश्य राखिएको बताउनुभयो ।उहाँले भन्नुभयो, “देशका विभिन्न स्थानबाट आउने प्रतिनिधिले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात र अन्य व्यवसायलाई प्रत्यक्ष लाभ पुग्नेछ । साथै झापाको पर्यटन र स्थानीय उत्पादनको प्रवद्र्धनमा पनि सम्मेलनले सकारात्मक योगदान पु¥याउने विश्वास लिएका छौँ ।”

स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता, लगानी तथा एआईमा आधारित डिजिटल मार्केटिङ तालिम, थिम सेमिनार र अन्तर–शाखा वक्तृत्वकला प्रतियोगितासमेत सञ्चालन गरिने कार्यक्रम संयोजक तथा नेपाल जेसीजका पूर्वअध्यक्ष उत्तम पकुवालले बताउनुभयो । उहाँका अनुसार सम्मेलनले युवा नेतृत्वसँगै उद्यमशीलता र स्थानीय आर्थिक गतिविधिलाई जोड्ने काम गर्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206