१५ साउन २०८३, शुक्रबार

अग्रज पत्रकार पुष्पराज थपलियालाई ‘जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार’ प्रदान

Logo
Pulse Khabar शुक्रबार, साउन १५, २०८३

विराटनगर : जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार–२०८३ बाट विराटनगरका अग्रज पत्रकार पुष्पराज थपलिया शुक्रबार सम्मानित भएका छन् ।

थपलिया खबर पूर्वाञ्चल अनलाइनका अध्यक्ष हुन् ।प्रेस चौतारी नेपाल मोरङ शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको १५ हजार ५ सय ५० रुपैयाँ राशिको पुरस्कार यस वर्ष थपलियालाई प्रदान गरिएको हो । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थपलियाले शिक्षा, स्थानीय विकास, खेलकुद लगायतका विषयमा निरन्तर कलम चलाउँदै आएका छन् ।विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री विदुरकुमार लिङ्थेप, प्रेस चौतारी मोरङ अध्यक्ष चीना थापा, पुरस्कारकी संस्थापक कमला मैनालीलगायतले थपलियालाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिङ्थेपले लोकतान्त्रिक समाजको सुदृढीकरण र सामाजिक रूपान्तरणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए ।

बदलिँदो सूचना प्रवाह र चुनौतीपूर्ण परिस्थितिमा पत्रकारिताले अझ जिम्मेवार, तथ्यपरक र विश्वसनीय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । प्रेस चौतारी मोरङ अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, प्रेस युनियनका केन्द्रीय सदस्य लीलाबल्लभ घिमिरे, कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, कोशी प्रदेश सञ्चार प्रतिष्ठानकी सदस्य शान्ति दाहाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206