१५ साउन २०८३, शुक्रबार

धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि

Logo
Pulse Khabar शुक्रबार, साउन १५, २०८३

काठमाडौँ: धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेको बन्ठु राउत कडेरी पुजारी नभएको पुष्टि भएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले कडेरी पुजारी नभएको स्पष्ट गर्नुभयो । मृत फेला परेका कडेरी पुजारी भएको भन्दै सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममासमेत सूचना र समाचार सम्प्रेषण भइरहेका सन्दर्भमा प्रदेश प्रहरी प्रमुख अधिकारीले गलत सूचना सम्प्रेषण भएकामा आपत्ति व्यक्त गर्दै यस किसिमको संवेदनशील विषयमा भ्रम नफैलाउन सबैसँग अनुरोध गर्नुभएको हो । यसैगरी, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि आज एक विज्ञप्ति जारी गर्दै मृतक कडेरी पुजारी नभई घुमी हिँड्ने व्यक्ति भएको स्पष्ट गरेको छ ।

जिप्रका धुनषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भन्नुभयो, “मन्दिर परिसरमा फेला परेको शव कडेरीको हो, उहाँ मन्दिरका पुजारी नभई घुमी हिँड्ने व्यक्ति भएको पुष्टि भएको छ, घटनाका सम्बन्धमा विस्तृत रुपमा अनुसन्धान गर्न कुकुरसहितको टोली खटिएको छ ।”प्रहरीले यो घटनालाई धर्मसँग नजोड्न आग्रह गर्दै उहाँ बाहिर कामकाज गरी मन्दिरमा सुत्न आउने गरेको र घटना विशुद्ध आपराधिक व्यक्तिबाट भएको बताएको छ । घटनामा संलग्न जोसुकैलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206