१५ साउन २०८३, शुक्रबार

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

Logo
Pulse Khabar शुक्रबार, साउन १५, २०८३

काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ ।

हिजो बिहीबारको तुलनामा सुन तोलामा रु एक हजार र चाँदी रु ५० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३६० कायम भएको छ ।हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ३१० मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३२० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७० र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206