१५ साउन २०८३, शुक्रबार

पाकिस्तानमा कोइला खानी विस्फोट: ३४ जना श्रमिकको मृत्यु

Logo
Pulse Khabar शुक्रबार, साउन १५, २०८३

दक्षिणी पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित कोइला खानीमा मिथेन ग्यास विस्फोट हुँदा कम्तीमा ३४ जना खानी मजदुरको मृत्यु भएको छ ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले शुक्रबार बिहान मृत्युको पुष्टि गर्दै अझै केही मजदुर बेपत्ता रहेकाले संयुक्त उद्धार अभियान निरन्तर जारी रहेको जनाएको छ ।अधिकारीहरूका अनुसार बिहीबार बलुचिस्तानको राजधानी क्वेटानजिक रहेको कोइला खानीमा मिथेन ग्यासका कारण शक्तिशाली विस्फोट भएको थियो । विस्फोटपछि खानीभित्र ठूलो क्षति पुगेको र उद्धार टोलीले रातभर खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो ।पीडीएमएले जारी गरेको विज्ञप्तिअनुसार घटनास्थलबाट हालसम्म ३४ जनाको शव निकालिएको छ । साथै, खानीभित्र अझै फसेका मजदुरहरूको खोजी र उद्धारका लागि विभिन्न निकायको संयुक्त टोली परिचालन गरिएको जनाएको छ । विस्फोट भएको समयमा खानीभित्र कति जना मजदुर कार्यरत थिए भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

पाकिस्तानमा, विशेषगरी खनिज स्रोतले धनी तर पूर्वाधार र सुरक्षा व्यवस्थामा कमजोर मानिने बलुचिस्तान प्रान्तमा यस्ता खानी दुर्घटना पटक–पटक हुने गरेका छन् । सुरक्षा मापदण्डको कमजोर कार्यान्वयन, अपर्याप्त प्रविधि र जोखिमपूर्ण कार्य वातावरणका कारण खानी क्षेत्रमा ज्यान गुमाउने घटना दोहोरिने गरेको विश्लेषकहरू बताउँछन् ।भूभागका हिसाबले पाकिस्तानकै सबैभन्दा ठूलो तथा आर्थिक रूपमा सबैभन्दा पछाडि परेको बलुचिस्तान प्रान्त शिक्षा, रोजगारी, पूर्वाधार र आर्थिक विकासलगायत अधिकांश सामाजिक तथा आर्थिक सूचकमा देशका अन्य प्रान्तभन्दा पछि रहेको मानिन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206