१५ साउन २०८३, शुक्रबार

सुनसरी घटनाः सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

Logo
Pulse Khabar शुक्रबार, साउन १५, २०८३

काठमाडौैँ: सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच सातबुँदे सम्झौता भएको छ ।

सम्झौताअनुसार सरकारले मृतकद्वयलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रतिपरिवार रु १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिने छ । देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियतका सम्बन्धमा तत्काल छानबिन थालिने भएको छ ।सम्झौताअनुसार दुवै मृतकका परिवारका योग्य एक–एक जना सदस्यलाई रोजगारीको व्यवस्था गरिने छ भने छानबिन समितिको सुझावका आधारमा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति उद्यान निर्माण गरिने छ ।

सम्झौतापत्रमा मृतकका परिवारका प्रतिनिधि र सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गर्नुभएको छ । सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन गर्ने विश्वास पीडित परिवारले व्यक्त गरेका छन् भने सरकारका तर्फबाट सम्झौतामा उल्लिखित सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ । मेहताद्वयको आजै अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206