१४ साउन २०८३, बिहिबार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा देशमा एकता र मेलमिलापको आह्वान

Logo
Pulse Khabar बिहिबार, साउन १४, २०८३

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न भागमा देखिएको सामाजिक र धार्मिक सद्भाव बिथोलिने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपालीहरूबीचको एकता र मेलमिलाप नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन्।

सुनसरी जिल्लाका केही गाउँबस्तीमा हालै उत्पन्न आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्रका अन्य भू-भागमा समेत फैलिएर जनजीवन अशान्त बनेको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बिहीबार जारी ‘सद्भाव सन्देश’ मा उनले उल्लेख गरेका छन्।निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी सन्देशमा पूर्वराजा शाहले नेपालको निर्माणकालदेखि नै यहाँका विभिन्न जातजाति, भाषा र धर्मावलम्बीहरू एकापसमा मिलेर बस्दै आएको स्मरण गराएका छन्। नेपाली समाजको बहुजातीय र बहुभाषिक विशिष्टताका साथै आ-आफ्नो धर्म र संस्कृतिको सम्मान गर्ने परम्पराले नै विश्वमा नेपालको प्रतिष्ठा कायम रहेको उनको भनाइ छ। यो विशिष्ट गौरव र गरिमालाई कसैबाट पनि खलल पुर्‍याउने काम हुन नहुनेमा उनले जोड दिएका छन्।

समाजका सबै समुदायबीच सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस्ता अवाञ्छित घटना र दुर्घटना हुनु चिन्ताको विषय भएको पूर्वराजाले बताए। यस्ता गतिविधिहरू नेपालको मौलिक मूल्य र मान्यता विपरीत रहेको उल्लेख गर्दै उनले जुनसुकै भू-भागमा रहेका नेपालीहरूलाई पनि एकापसमा मिलेर बस्न आग्रह गरेका छन्।‘हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो,’ सन्देशमा भनिएको छ। उनले सामाजिक सद्भाव कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206