१५ साउन २०८३, शुक्रबार

देशभरका अस्पतालमा नियमित उपचार सेवा सुरु: बिरामीलाई ठुलो राहत

Logo
Pulse Khabar बिहिबार, साउन १४, २०८३

काठमाडौं :सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि देशभरका अस्पतालमा आज (बिहीबार)देखि नियमित स्वास्थ्य सेवा पुनः सञ्चालनमा आएको छ ।

सहमतिसँगै चिकित्सकहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।स्वास्थ्य मन्त्रालयमा बुधबार साँझ सरकार र आन्दोलनरत चिकित्सकबीच भएको वार्तापछि सहमति जुटेको हो । त्यसपछि नेपाल चिकित्सक संघले आन्दोलन तत्कालका लागि स्थगित गर्दै चिकित्सकहरूलाई नियमित काममा फर्किन आह्वान गरेको छ ।वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए । घटनामा संलग्नमाथि कानुनी कारबाही गर्नुपर्ने, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्नुपर्ने तथा यस्ता घटना दोहोरिन नदिने व्यवस्था गर्नुपर्ने माग राख्दै संघले आन्दोलन थालेको थियो ।

आन्दोलनका क्रममा मंगलबार र बुधबार देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा प्रभावित भएका थिए । ओपीडी लगायतका नियमित सेवा बन्द हुँदा उपचारका लागि पुगेका हजारौँ बिरामीले सास्ती बेहोर्नुपरेको थियो ।सरकारसँग पाँचबुँदे सहमति भएपछि आन्दोलन अन्त्य भएको छ । बिहीबार बिहानदेखि देशभरका अस्पतालमा ओपीडीसहित सबै स्वास्थ्य सेवा पूर्ववत् सञ्चालनमा आएको नेपाल चिकित्सक संघले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206