१३ साउन २०८३, बुधबार

गाङखेलबाट लागुऔषधसहित तीन जना पक्राउ

Logo
Pulse Khabar बुधबार, साउन १३, २०८३

काठमाडौँ: काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट मङ्गलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी थान–६ बस्ने २४ वर्षीय दीपक राई छन् ।उनीहरूले भारतबाट अवैध रूपले नेपाल ल्याई उक्त लागुऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसबेला सो टोलीले उनीहरूको साथबाट डामाडोल नामक लागुऔषध एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी ७०१७ नम्बर एउटा हात्ती गाडी, बागमती प्रदेश०२–०६५प ४४८९(चार हजार चार सय उनान्नब्बे) नम्बरको मोटरसाइकल, मोबाइल तीन थान र नेपाली रुपैयाँसमेत बरामद गरेको छ ।नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद लागुऔषध, नेपाली रुपैयाँ, मोटरसाइकल र मोबाइल सेटसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको जनाइएको

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206