१२ साउन २०८३, मंगलबार

मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य

Logo
Pulse Khabar मंगलबार, साउन १२, २०८३

काठमाडौँ : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवालाको एकीकृत प्रयास अपरिहार्य रहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय मानव बेचविखनविरूद्धको दिवस, २०२६ को अवसरमा आज आयोजित ‘मानव बेचविखन रोकथाम ः सबैको साझा जिम्मेवारी विषयक अन्तरक्रियामा उहाँले सङ्गठित अपराध तथा अन्तरराष्ट्रिय अपराधिक सञ्जालसँग जोडिएको मानव बेचविखन नियन्त्रणका लागि सुरक्षा तथा न्याय प्रणाली, स्थानीय तह, नागरिक समाजलगायत सरोकारवालाबीचको सहकार्यमा जोड दिनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले मानव बेचविखनलाई परम्परागत दृष्टिकोणबाट मात्र नभई साइबर अपराध, आर्थिक अपराध र सङ्गठित अन्तरराष्ट्रिय अपराधको समग्र सन्दर्भमा हेर्नुपर्ने बताउनुभयो । “विगतको भन्दा पछिल्ला दिनमा मानव बेचविखनको स्वरूप परिवर्तन हुँदै गएको, तस्करहरूले पीडितको कानुनी कागजात प्रयोग गरेर हुने गरेको अनलाइन ठगी तथा साइबर स्क्याम जस्ता गतिविधि थप चुनौतीका रूपमा देखापरेको छ”, उहाँले भन्नुभयो ।त्यस्ता चुनौतीलाई सम्बोधन गर्न सूचना सङ्कलन प्रणाली विस्तार, सीमा क्षेत्रमा निगरानी, जोखिममा रहेका यात्रुको ‘प्रोफाइलिङ’ तथा ठगी गर्ने म्यानपावर कम्पनी र शैक्षिक कन्सलटेन्सीको आवरणमा मानव तस्करी गर्ने संस्थामाथिको कारबाहीलाई उच्च प्राथमिकतामा राखिएको महानिरीक्षक कार्कीको भनाइ छ ।

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यले पछिल्ला समय मानव बेचबिखनको आयाम बदलिँदै गइरहेको उल्लेख गर्दै यसखालको चुनौती सामान गर्न समाजका सबै पक्षलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नकुल पोखरेलले आप्रवासन, मानव बेचविखन तथा ओसारपसार र मानव तस्करीको अवधारणा, विद्यमान अवस्था, चुनौती र सुझावसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा माइती नेपाल र नेपाल प्रहरीले तयार पारेको छुट्टाछुट्टै मानव बेचविखनसम्बन्धी जनचेतनामूलक श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।कार्यक्रममा मानव बेचविखन नियन्त्रण, अनुसन्धान, पीडित संरक्षण, सुरक्षित वैदेशिक रोजगारी, डिजिटल सुरक्षा, अन्तरराष्ट्रिय समन्वय, मानव बेचबिखन न्यूनीकरणमा देखिएका समस्या र चुनौतीलगायत विषयमा बृहत अन्तरक्रिया एवं छलफल भएको थियो ।प्रहरी महानिरीक्षक कार्कीले आगामी एक वर्षसम्म मानव बेचविखन विरूद्धको राष्ट्रिय सचेतना अभियान दूत एवं वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेठ र हरिवंश आचार्यलाई कदरपत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206