१३ साउन २०८३, बुधबार

युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग

Logo
Pulse Khabar मंगलबार, साउन १२, २०८३

भद्रपुर (झापा) : भद्रपुर नगरपालिका-१० चन्द्रगढीस्थित पोख्रेल टोलमा एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

युवतीका मृतकका माइती पक्षले घटनालाई शङ्कास्पद भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार ती युवतीको नौ महिनाअघि चन्द्रगढी निवासी प्रसिल कोइरालासँग विवाह भएको थियो । ती युवती गत सोमबार राति करिब ११ः४५ बजे घरभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।घटनापछि मङ्गलबार बिहान माइती पक्ष तथा स्थानीयहरु जिल्ला प्रहरी कार्यालय झापा पुगेका थिए । उनीहरूले युवतीको मृत्यु सामान्य आत्महत्याको घटना नभई शङ्कास्पद रहेको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् ।

युवतीको शव माइती पक्षले प्रादेशिक अस्पताल भद्रपुरमा परीक्षणका लागि सहमति नजनाएपछि धरान पठाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनाको प्रकृति, मृत्युको कारण र घटनाअघि भएका गतिविधिबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ । शव परीक्षण प्रतिवेदन, फरेन्सिक प्रमाण र अनुसन्धानबाट प्राप्त अन्य तथ्यका आधारमा घटनाको वास्तविकता सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206