०२ कार्तिक २०८३, आइतबार

सुनसरीमा पुनःकर्फ्यु आदेश जारी

Logo
Pulse Khabar मंगलबार, साउन १२, २०८३

विराटनगर: सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जको घटनाको विषय लिएर उत्पन्न विवाद साम्य नभएपछि जिल्ला प्रशासन कार्यालयले आज पुनःकर्फ्यु आदेश जारी गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको हस्ताक्षरित सो विज्ञप्तिमा आज अपराह्न ३ बजेदेखि अनिश्तिकालीन कर्फ्यु आदेश गरिएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम सुनसरी जिल्लामा पर्ने महेन्द्रराजमार्गको देहायका चार किल्ला तथा इनरुवा बजार क्षेत्र सिमानाभित्र कसैले पनि आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्तिकालीन कर्फ्यु आदेश जारी भएको हो ।

कर्फ्यु आदेश भएको क्षेत्र पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा उत्तर र दक्षिण महेन्द्रराजमार्गको २०० मिटर क्षेत्रसम्ममा कर्फ्यु लगाइएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206