१२ साउन २०८३, मंगलबार

सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन अपिल

Logo
Pulse Khabar मंगलबार, साउन १२, २०८३

काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले सुनसरीमा आज पनि भारी वर्षको सम्भावना रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा सुनसरीमा ९०(नब्बे)  दशमलव ६ मिलिमिटर वर्षा भएको थियो । विभागले पछिल्लो छ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा १५ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । आज देशका प्रायः स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।मौसमविद् डेविट ढकालले आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो । आज देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।बागमती, गण्डकी र लुम्बिनी प्रदेश र कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

ढकालले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको बताउनुभयो । आज राति पनि देशका पहाडी भू–भागका केही स्थान तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको बताइन्छ । विभागले भारी वर्षा हुनसक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206