विराटनगर:जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने कुनै पनि सार्वजनिक तथा निजी कार्यक्रममा डीजे (DJ) प्रयोग नगर्न/नगराउन आग्रह गर्दै सूचना जारी गरेको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार अर्को सूचना जारी नभएसम्म मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण तथा अन्य कुनै पनि कार्यक्रम र स्थानमा डीजे बजाउन प्रतिबन्ध लगाइएको छ।सूचनामा प्रशासनको निर्णय विपरीत डीजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानूनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले सबै नागरिक, कार्यक्रम आयोजक तथा सरोकारवालालाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ।
