१२ साउन २०८३, मंगलबार

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा कायमै

Logo
Pulse Khabar मंगलबार, साउन १२, २०८३

इनरुवा: सुनसरीको देवानगन्ज र आसपासका क्षेत्रमा जारी गरिएको कर्फ्यु मंगलबार बिहानदेखि हटाइएको छ ।

शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको निष्कर्षपछि स्थानीय जनजीवनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाउने निर्णय गरेको हो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार मंगलबार बिहान ७ बजेदेखि कर्फ्यु हटाइए पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा भने कायम राखिएको छ । प्रशासनले देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने व्यवस्था लागू गरेको हो ।प्रशासनले निषेधाज्ञाको पूर्ण पालना गर्न स्थानीयवासीसँग आग्रह गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरेको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिबाना र कैद सजाय गरिने प्रशासनले जनाएको छ ।

देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई पक्षबीच विवाद र झडप भएपछि स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । नौ जना घाइते भएका थिए । सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका हुन् । हिंसात्मक घटना हुन थालेपछि प्रशासनले सोमबार बिहान ७ बजेबाट लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206